काठमाडौँ । राजवादीहरुको आन्दोलन स्थल तीनकुनेमा गोली चलेको छ । आन्दोलनकारीहरुको प्रदर्शन उग्र बन्दै गएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाएको हो । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन केही राउण्ड रबरको गोलीका साथै ४ राउण्ड रियल गोली समेत प्रयोग गरेको सुरक्षा स्रोतले जनाएको छ । इकालोपाटी सम्वाददाताका अनुसार अहिले तीनकुने बानेश्वर क्षेत्र तनावग्रस्त अवस्थामा छ ।
राजावादीहरुको आन्दोलन क्षेत्र तीनकुनेमा गोली चल्यो

चैत्र १४, २०८१
Add Comment