काठमाडौं । राजधानी काठमाडौंको पेरिसडाँडा नजिक आज राजावादी समर्थक प्रदर्शनकारीहरूले सरकारी गाडीमा आगजनी गरेका छन्। आगजनीको शिकार बनेको सरकारी गाडीको नम्बर खुल्न सकेको छैन।
प्रदर्शनकारीहरूले तीनकुनेबाट कोटेश्वरतर्फ उत्रिएपछि, गल्लीमा लुकेर बसेको प्रहरीले उनीहरूमाथि अश्रुग्यास प्रहार गरेको थियो। यसप्रति आक्रोशित भएका प्रदर्शनकारीहरूले सुरक्षा बलको विरोध गर्दै सरकारी गाडी तोडफोड गरे र आगो लगाएका थिए।
यसो गर्दा, प्रदर्शनकारीहरूले तीनकुने क्षेत्रमा सुरक्षाकर्मीको बोकेको बन्दुक समेत खोसेका छन्। घटनापछि स्थिति तनावपूर्ण बनेको छ र प्रहरीले उच्च सतर्कता अपनाएको छ।
सुरक्षाकर्मी र प्रदर्शनकारीहरूको बीचमा थप टकराव रोक्नका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ।
Add Comment