काठमाडौँ । ‘घुस लिने र दिने दुवै राष्ट्रका शत्रु हुन्’ पृथ्वीनारायण शाहले बेला दिएको दिव्योपदेश हो यो । तर अहिले त्यो दिव्योपदेश ठ्याक्कै उल्टो देखिन्छ । घुस नदिने जनता र घुस नखाने नेता कर्मचारी राष्ट्रका शत्रुहुन् । हरेक दिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर्मचारीहरुलाई घुस सहित पक्राउ गर्नु, मुद्दा दायर गर्नुले यसको पुष्टि गरिदिएको छ । हुन त शिरदेखि पाउँसम्म नै कर्मचारी संयन्त्र मात्र होइन राजनीतिक नेतृत्वको बदमासीका कारण मुलुकमा भ्रष्टाचार मौलाउँदै गएको हो ।
कर्मचारीले घुस खाए । कर्मचारी घुस बिना बाँच्नै नसक्ने भए । एकाध कर्मचारी बाहेक सवैलाई कमिशन चाहिने । यतिसम्म कि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा काम गरेर सरुवा भएका कर्मचारी अर्को अड्डामा पुगेपछि कमिशनको मोलमोलाई गर्छन् । यसले के पुष्टि गरिरहेको छ भने घुस विना कर्मचारी बाँच्नै नसक्ने भए !
अख्तियार दुरुपयोग अनुसन्धान आयोग छ यसले पक्राउ गर्छ, मुद्दा दायर गर्छ जसले गर्दा पारिवारिक रुपमा र सामाजिक रुपमा बहिष्कृतमा परिन्छ भन्ने डर कर्मचारीलाई छँदैछैन । किन भने समाजले त्यही भ्रष्टहरुकै भजन गाईरुहेका छन् । त्यसैले पनि कर्मचारीलाई भ्रष्टाचार गर्न उत्प्रेरित गरिरहेको छ ।
कम्पनी रजिष्ट्रारको कार्यालयदेखि मालपोत कार्यालय । सडक विभागदेखि यातायात कार्यालय मात्र होइन । पालिकाका वडा वडा तहसम्म भ्रष्टाचार मौलाएको छ । देशमा सम्पत्ति शुद्धिकरण कार्यालय पनि छ । तर कति जनाको सम्पत्ति शुद्धिकरण गरियो त ? कति जना शुद्ध भेटिए त ?
नेतादेखि कर्मचारीसम्मको सेटिङ विना कसरी सम्भव छ घुस लेनदेन । कानून छ कार्यान्वयन छैन । नीतिले होइन निर्देशनमा सरकारी अड्डा चल्छ अनि कसरी भ्रष्टाचार रोकिन्छ । त्यसैले घुस विना बाँच्नै सक्दैनन नेता र कर्मचारी ।
मुलुक समृद्धि बनाउने हो भने सार्वजनिक पदमा बसेकाहरुको सम्पत्ति शुद्धिकरण गर्नु पर्छ । यिनले दैनिक गर्ने खर्चको श्रोत के हो ? अख्तियार र सम्पत्ति शुद्धिकारण कार्यालयमा बस्ने दुवैलाई थाहा छ ।
रोचक कुरा के हो भने अख्तियारमा बस्ने र सम्पत्ति शुद्धिकरण कार्यालयमा सरुवा भएर जाने कर्मचारी चाँही दूध नुहाएका व्यक्ति हुन् ? हुँदै होइनन् । त्यसकारण पनि घुस विना बाँच्नै सक्दैनन नेता र कर्मचारी ।


Add Comment