काठमाडौं । काठमाडौं महानगरपालिकाले सुन्धारा स्थित धरहरा टपरी ममलाई विहिबार २ लाख रुपैयाँ जरिवाना तोकेको छ । महानगरपालिकाको अनुगमनका क्रममा धरहरा टपरी ममले विक्री वितरणका लागि तयार गरेको खाद्य पदार्थ गुणस्तर अनुरुप नरहेको र उपभोक्तालाई वितरण गरेको मममा धातुको औठी फेला परेपछि महानगरले २ लाख जरिवाना सहित सात दिन भित्र महानगरमा उपस्थित हुन भनेको छ ।
काठमाडौं महानगरपालिकाले अनुगमनका क्रममा दिएको निर्देशन पालन नगरेको र पटक पटक हेलचेक्रयाइँ गरी गुणस्तर अनुरुप उत्पादन तथा विक्री नगरेका कारण २ ला जरिवाना तिराउनु परेको काठमाडौं महानगरपालिका कृषि तथा खाद्य विभागका प्रमुख एवं निरिक्षण अधिकारी नुरनिधीले न्यौपानेले जानकारी दिनु भयो ।
धरहरा टपरी ममलाई बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७ को दफा १०, २९ र ३० (१)) ख बमोजिम सो रकम तोकिएको न्यौपानेले बताउनु भयो ।
जरिवाना तोकिएसँगै व्यवसाय सञ्चालकलाई आगामी उत्पादन खाद्य स्वच्छता कायम गराउने मापदण्ड पूरा हुने सुनिश्चित सहित विक्री वितरण व्यवस्था गर्न समेत अनुरोध गरेको छ ।
धरहरा टपरी ममलाई २ लाख जरिवाना

Add Comment