आज संसदमा प्रधानमन्त्रीले जवाफ दिने, भरिएला त सांसद सिट

काठमाडौँ। संघीय संसद हेर्दा उदेक लाग्ने देखिन्छ । संसदको वैठकमा सांसदहरु नै हुँदैनन् । तर पनि संसद चलिरहेकै देखिन्छ । भत्ताका लागि हस्ताक्षर गर्ने अनि टाप कस्ने भएरै होला सांसदमा कतिपय संवेदनशील विधेयकहरुमाथि सवाल जवाफ पनि हुन पाउँदैन । जे होस् आज बस्ने प्रतिनिधिसभाका वैकठमा भने प्रधानमन्त्रीले सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिने कार्यक्रम संघीय संसदको कार्यालयले गरेको छ ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ बमोजिम सांसदहरुले सोध्नुभएको प्रश्नको जवाफ दिने भएका हुन् । बैठकमा महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साहले ‘ बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यक्रम छ ।

बैठकमा मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) पहिलो संशोधन विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पनि प्रस्तुत हुनेछ ।