आज आणविक परीक्षणविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाईँदै, कहाँ छ संयुक्त राष्ट्र ?

काठमाडौँ । विश्वलाई समुदायलाई एक गराउने संयुक्त राष्ट्र संघकै आव्हानमा सन् २०१० बाट शुरु भएको आणविक परीक्षणविरुद्धको अन्तरराष्ट्रिय दिवस पन्ध्र बर्ष पुगेको छ । पन्ध्र बर्ष अघि आणविक हतियारहरुको पूर्ण उन्मूलनका लागि विश्व समुदायलाई एकताबद्ध गराउने उद्देश्यले यो दिवस मनाउन प्रयास गरियो । तर अहिले शक्तिशाली राष्ट्रहरुलाई आफ्नो शक्ति प्रदर्शन गर्दै आणविक परिक्षण नगरेका भने होइनन् ।

आणविक हातहतियारले निम्त्याउने विनाश, त्यसविरुद्ध विश्वका मुलुक एक हुनु पर्छ भन्ने रहेको छ । तर शक्तिशाली राष्ट्रहरुले आणविको धम्की बेला बेला दिईरहेको पनि पाईन्छ । पछिल्लो समय बढ्दै गएको मध्यपूर्वी देशहरुको द्धन्द्धका चर्किएसँगै आणविक हतियारको दम्भ पनि नदेखाएको भने होइन । युक्रेन–रुसको युद्ध होस वा इजरायल– प्यालेस्टाईनको युद्धलाई रोक्न संयुक्त राष्ट्र संघले पहल गरेको देखिँदैन ।
इजरायलले प्यालेस्टाईनमा गरेको आक्रमण र प्यालेस्टाईन विद्रोही समूह हमासले इजरायलमाथिको आक्रमण आणविक दिवसकै सन्दर्भ पारेर रोक्न संयुक्त राष्ट्र संघले पहल कदम अगाडि बढाउनु पर्छ अन्यथा यस्ता दिवस संयुक्त राष्ट्र संघका लागि मात्र उपलब्धी होला ।