राष्ट्रपतिद्धारा अन्तरिम सरकारको प्रधानमन्त्रीका रुपमा शुशिला कार्कीलाई शपथ

काठमाडांैं । वर्तमान संसद विघटन गर्ने शर्तमा राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व प्रधानन्यायाधीश शुशिला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीमा रुपमा सपथ ग्रहण गराएका छन् । लामो छलफल पछि संविधानको धारा ६१ अनुसार शुशिला कार्कीलाई प्रधानमन्त्री बनाइएको हो । जेनजी आन्दोलनका कारण केपी शर्मा ओली नेतृत्वको सरकारको बर्हिगमनका कारण शुशिला कार्की मुलुकको पहिलो प्रधानमन्त्री बन्न सफल भएकी छिन् ।