केही दिनदेखि दिमागमा युवा दिन याद आइरहेछ । आफ्नै युवा हुँदा युवाका साथी हुँदा युवाका दाजु हुँदा वा झन्डै युवा हुन खोजेका पुस्ताको अङ्कल हुँदा । सबैले सम्झनामा अनेक कुरा ल्याउँछ । आज डिजिटल पुस्ताले जो विद्रोह गर्यो। यसले मलाई आकर्षित गरेको छ तर त्यो आकर्षणमा केही प्रश्न र केही उत्तरहरु पनि छन्।
सन्दर्भ आफ्नै कुराबाट सुरु गर्न मन छ।
मेरो र मेरो भाइ (आफ्नै बा र एउटै आमाको लाम्टो चुसेको) को उमेर १८ बर्षको फरक छ। मैले टुकिमा पढे, २० रुपया मागेर शुक्रबारे हाट भरे, घाँसको भारी बिसाएर २ गाँस ढिडो नुन र खुर्सानी संग निलेर भ्याउदा भ्याउदा बिधालय गए, मेरा बाले अरब जानलाई १लाख लिएर २लाखको तमसुक गरे तर पछि एजेन्टले पैला पैसा पछि भिषा भन्दा पैला भिषा देखा अनि पैसा दिन्छु भनेसी तिम्रो भिषा लाग्दैन भनेपछि गरेको लगायत ९कैयौ कहानी जुन मैले यहाँ लेख्न मिल्दैन ० भोगे देखे मेरो भाईले देखेन उसले देख्यो त केवल आजको कुरुप अनुहार कुरुप क्षण ।
म आयुर्वेदको अभ्यासकर्ता हुँ। राजनीतिशास्त्रको विद्यार्थी होइन। तर पनि सरसंगतले केही पुस्तकहरु पढेको मिठो अनुभव छ । मनुस्मृति, चाणक्यनीति, प्लेटोको आदर्श राज्य, मेकियभेलीको प्रिन्स आदि रचनाहरू धेरै थोरै पढे होला । ती रचनाहरूमा तत्कालीन समयसापेक्ष सोचहरू हामी पाउँछौं। ती तत्कालीन परिवेशका सोचमध्ये केही अझै समयसापेक्ष हुन सक्छन्। हामी त्यसै आधारमा वर्तमान समयको आवश्यकताअनुसार नयाँ विचार बनाउँदै जान सक्छौं। यो यसरी नै अनन्त चलिरहने प्रक्रिया हो तर अब पुरानो ढड्डा पल्टाएर अहिलेको समस्या समाधान हुँदैन।
आज देखिएको यो भ्रष्ट रुप भ्रष्ट समाज अनि भ्रस्ट प्रबृत्ति । हो यहीँ कुरा मैले हजारौं पटक म कहाँ आउने काङ्ग्रेस एमाले माओवादी राप्रपा सबैलाई भने तर एमालेले मलाई माओवादी देख्यो माओवादीले मलाई एमाले देख्यो काङ्ग्रेसले मलाई राजावादी देख्यो राजावादीले मलाई रा।स्व।पा। देख्यो तर मैले भन्न खोजेको कुरा बिशेषत जेन्जी को बुझ्न सकेन। बडो गजब छ।
समाजवादको वकालत गरेर नथाक्ने नेताहरूको घरमा कल्पनौ गर्न नसकिने पैसा रु ती सबै जलेर खरानी भए । संविधानमा समाजबाद उन्मुख देश भनेर के काम रु नेता ठूला सामन्त भन्दा पनि ठूला रहेछन्। तिनको यो हाडी घोप्टे प्रवृत्ति र जेन्जीको सपना किन मिल्थ्यो रु सपना त मेरो पनि नमिलेकै हो। अन्यायमाथि धाबा बोल्दा लान्छना खपेकै हो तर अहिलेको पुस्ता सहँदैन। सहनुको पनि सीमा हुन्छ। सहेन । सडकमा उत्रियो । नेताहरूलाई पाठ सिकायो तर उनीहरू सुध्रिनेवाला छैनन् । १२ वर्ष रामायण पढायो सीता कसकी जोइ र ?
गल्तीप्रति पश्चाताप छैन । जनतासँग माफी माग्नु छैन । युवाको सपना नबुझेकोमा पछुतो छैन । उल्टै हुन्कार फ्याँकी रहेछन्। हामी अझै उठ्छौँ रे। उठ्ने भनेको के रु अहिले जस्तै हुने भनेको हो रु फेरि देश लुट्ने जनता मार्ने भनेको हो रु लोग्नेको ६० वर्षको इतिहास बेचेर मन्त्री हुने श्रीमतीको हालत के हुने रहेछ रु यति त हेर्नु !
आन्दोलन भयो राम्रो कुरा हो। । यसले सुशासनको मुद्दा उठायो । परिवर्तनको मुद्दा उठायो । जनतालाई सचेत बनायो । नेताहरूलाई केही हदसम्म हल्लायो । तर पनि अझै यो देशमा म कार्यकरता देखिरहेछु।जनता देखिरहेको छैन। अहिले देशलाई जनता चाहिएको छ पार्टीका कार्यकर्ता हैन तर जेन्जी पनि कतै कार्यकर्ता हुन गए भने रु कुनै दलको नेतालाई माला लगाइदिन गए भने रु फेरि उही पुरानो दुनियाको पछि लागे भने रु किन मनमा यस्तो कुरा खेलिरहेछ ?
संखुवासभाबाट राजधानी छिरेको, नेताहरूले देखाएको सपनामा भुलेको, नेता आफैँ बंकर खनेर पैसा लुकाउन पुगेको र सडकमा जेनजीको रगत बगेको देख्दा कताकता मुटु काँपिरहेछ ! के देशले निकास पाउँछ त रु संविधान व्यवस्था राजनीतिक प्रणाली को मन्त्री प्रधानमन्त्री को राष्ट्रपति को सांसद र को कहाँकहाँ नियुक्त हुने भन्नुभन्दा बढी भोको जनताले एक पेट खान पाउँछन् कि पाउँदैनन् र?
म जस्तो सानोसानो कर्म गरेर आफूले आफैंलाई पालिरहेको एउटा नागरिकको प्रश्न यही हो। चाहना दुई छोराहरू छन्। कतै तिनले अरु १० वर्षपछि फेरि आन्दोलन त गर्नुपर्दैन र? यहाँनेर आइपुगेपछि म निरुत्तर हुन्छु। मलाई उत्तर कसले देला ?


Add Comment