देउवा दम्पत्ती सैनिक घेरामा उपचार गराउँदै, छोराबुहारी जर्मनमा पासपोर्ट मिलाउँदै

काठमाडौं । भ्रष्टाचार, बेथिति र नेपो बेबीको विरुद्ध जेनजी प्रर्दशन भड्किएपछि भएको आन्दोलनले अहिले नेताहरुलाई कोठा खोज्न मै तनाव भएको छ । त्यही आन्दोलनले घर खरानी भएको छ । केही दिन सेनाको घेरामा सुरक्षित भएपनि अहिले सेनालाई सवैलाई आआफ्नै घर पठाईदिएको छ । तर ती मध्ये ८० बर्षको उमेरमा आन्दोलनकारीको कुटाई खाएका पूर्व प्रधानमन्त्री एवं निवर्तमान परराष्ट्रमन्त्री आरजु राणा देउवा अहिले पनि सेनाका घेरामा रहेर उपचारग गराईरहेका छन् ।

छोरा जयवीर (नेपाबेबीमा) निकै चर्चामा आए । सामाजिक सञ्जालमा जयबीर दम्पत्तीका तस्वीरहरु भाईरल भए । त्यही भएर पनि आन्दोलनका क्रममा बाबुआमाले पिटाई मात्र खाएनन् घर जलेर खरानी भयो । अहिले बाबु आमा गोप्य स्थानमा सेनाको घेरमा उपचार भईरहँदा पनि  उनै नेपो बेबी भने जर्मनमा परराष्ट्र मन्त्रालयको राहदानी छपाइको बाँकी काम मिलाउने बहानामा उतै बसेका छन् । आमा आरजु परराष्ट्र मन्त्री भएको मौकामा जयबीरलाई परराष्ट्र मन्त्रालयको राहदानी छपाईको ठेक्का दिइएको र छपाईको कम अझै वाँकी रहेकाले उनीहरु सोही बहानामा उतै बसेको बताइएको छ ।

जर्मनस्थित नेपाली राजदूतवासले जयबीर दम्पत्तिको बसोबासका लागि व्यवस्था मिलाएको समेत खुल्न आएको छ । यसका लागि राजदूत डा साहिल रुपाखेती लागिपरेका छन् । रुपाखेतीलाई आरजुले नै राजदूत बनाएर पठाएका व्यक्ति हुन् ।