काठमाडौं । घटनस्थापनाको महत्वपूर्ण दिन अन्तरिम सरकारमा सूचना, सञ्चार तथा प्रविधि मन्त्रीका रुपमा पत्रकार जगदीश खरेलले पदभार ग्रहण गरे । धार्मिक दृष्टिकोणले पनि महत्वपूर्ण दिनका रुपमा लिने गरिन्छ घटस्थापनालाई । अनि त्यही दिन पदबहाली गरेसँगे पहिलो निर्णयका रुपमा पाँच महिनाभित्र देशका प्रमुख १० शहरमा वाईफाई फ्रिको निर्णयमा सदर भनेर हस्ताक्षर पनि गरे । यो निकै नै महत्वपूर्ण निर्णय मात्र हो ।
तर सूचना सञ्चार प्रविधि मन्त्रालयले पाँच महिनाभित्र पहिलो निर्णयलाई कार्यान्वयन गर्न कसरी आफूलाई क्रियाशील बनाउँछ भन्ने कुरा त केही दिनमा नै थाहा भईहाल्छ । आफू मन्त्री भएपनि कुनै हस्तक्षेप नगर्ने तर जनताको काम नरोक्नु भन्ने आदेश दिने पत्रकार मन्त्रकिो कुरा कर्मचारीले खालान् कि नखालान् भन्ने प्रश्य भने उब्जिएकै छ ।
यो निर्णय कार्यान्वयन गर्न कर्मचारीतन्त्रले दत्तचित्त हुने हो भने देशभरका प्रमुख शहरका सार्वजनिक स्थलहरूमा सर्वसाधारणले सहजै इन्टरनेट सेवा उपयोग गर्न पाउने अपेक्षा गरिएको छ। छ महिने सरकारका मन्त्रीको कुरा कार्यान्वय हुने कुरा कठिनाई पो हुने हो कि ?


Add Comment