काठमाडौं । निर्वाचन नजिँकिदै गर्दा आफ्नो माग पूरा नभए आन्दोलन गर्र्ने सरकारलाई चेतावनी दिएका राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सरकारले पक्राउ परेको छ ।
उनलाई सोमबार साँझ भक्तपुरस्थित निवासबाटै पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिएका छन् । अहिले उनलाई परिसर ल्याइएको एसपी भट्टराईले बताए । यसअघि उनी २३ माघमा काठमाडौंको दक्षिणकाली नगरपालिकाको चाल्नाखेलबाट पक्राउ परेका थिए । त्यस उनलाई पोखराबाट पक्राउ गरिएको थियो ।
प्रसाईलाई उनले दिने गरेको अभिव्यक्तिका कारण प्रहरीले पटक पटक पक्राउ गर्ने र छाड्ने गरेको छ ।


Add Comment