रसुवालाई सडक मार्गमा जोडियो

काठमाडौं । गत बुधबार गएका भिषण बाढीका कारण रसुवासँग टुटेको सडकमार्गलाई बैकल्पिक व्यवस्था गरी सडम मार्ग जोडिएको छ । चार चक्के साना सवारीसाधन सञ्चालन गर्न मिल्ने गरी काठमाडौं–टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकखण्ड सञ्चालन सुचारु भएपछि रसुवा पुनः सडक सञ्जालसँग जोडिएको हो।

सडक अवरुद्ध हुँदा रसुवा आवतजावत प्रभावित भएको थियो। सडक सञ्चालनमा आएसँगै रसुवा र काठमाडौंबीच यातायात सम्पर्क पुनः स्थापित भएको छ।

प्रारम्भिक चरणमा भने चार चक्के साना सवारीसाधन मात्र सञ्चालन गर्न मिल्ने अवस्था रहेको बताइएको छ।

सडकखण्ड पूर्णरूपमा सञ्चालनमा ल्याउन थप मर्मत तथा व्यवस्थापन आवश्यक रहेको जनाइएको छ।