भोटेकोशी बाढी : फेला परेका शवको सङ्ख्या ५४७ पुग्यो

काठमाडौँ । बाढीमा परी रसुवामा १३, धादिङमा ४०, गोरखामा ४४, नवलपरासी (पूर्व) मा १३४, नुवाकोटमा ३८, चितवनमा २२१, तनहुँमा २९ र नवलपरासी (पश्चिम) मा २८ जना गरी ५४७ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले शुक्रबार अपराह्न ३ बजेसम्मको विवरण अद्यावधिक गर्दै विभिन्न जिल्लाबाट ती शवहरू सङ्कलन गरिएको जानकारी दिएको हो ।
बाढी प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्यका लागि ४,४७३ जना प्रहरी कर्मचारी परिचालन गरिएको छ। बाढीका कारण २७ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन छन्। तीमध्ये १ जना प्रहरी कर्मचारीको शव भने मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
बाढीबाट घाइते भएका तथा उद्धार गरिएका व्यक्तिहरूको सङ्ख्या १,४७३ पुगेको छ। जसमध्ये रसुवामा ५७२, नुवाकोटमा ८९८ र धादिङमा ३ जना रहेका छन्। काठमाडौँ उपत्यकाका विभिन्न अस्पतालहरूमा उपचाररत तथा डिस्चार्ज भइसकेका घाइतेहरूको सङ्ख्या ९४ रहेको छ।