शिक्षामन्त्री बिएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन तयार

काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले झापाको बिएण्डसी मेडिकल कलेजले कानुनी प्रक्रिया पूरा गरेर कलेज सञ्चालनका लागि सम्बन्धन दिन चिकित्सा शिक्षा आयोग निर्देशन दिएका छन् ।   शुक्रबार आयोगका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा आयोगको सातौं बैठक बसेको थियो । प्रधानमन्त्री ओलीले नेपाललाई शिक्षा र स्वास्थ्यको शैक्षिक हब बनाउने धारणा राख्दै देशमा आवश्यक जनशक्तिको लेखाजोखा गरी शिक्षा नीतिनियम बनाउन आयोगलाई निर्देशन दिई बैठकबाट बाहिरिएका थिए ।

त्यसपछि आयोगका सहअध्यक्षसमेत रहेका मन्त्री श्रेष्ठले चार नम्बर बुँदामा छलफल गर्दै सम्बन्धनको विषयलाई प्राथमिकता दिएको आयोग सदस्य एवं निजी मेडिकल कलेज एसोसिएसनका अध्यक्ष बसुरुद्दिन अन्सारीले बताए। उनका अनुसार बिहान ११ बजेदेखि साढे २ बजेसम्म चलेको बैठकमा प्रधानमन्त्री ओलीले मेडिकल शिक्षा अध्ययन गर्ने नेपाली विद्यार्थीलाई स्वदेशमै अध्ययनको वातावरण मिलाउन नियमन प्रक्रिया पुगेका कलेजहरूलाई सम्बन्धन दिनबाट रोक्न नहुने धारणा राखेका थिए । त्यही आधारमा शिक्षामन्त्रीले आयोगका सदस्यहरूलाई सम्बन्धनको कानुनी प्रक्रिया पूरा भएनभएको अध्ययन गरी निर्णय गर्ने निर्देशन दिएका हुन् । नागरिक दैनिकबाट ।
+ posts

सम्वन्धित समाचार

एमालेमा बाहुबली संगठनको घोषणामा प्रतिस्पर्धा

काठमाडौं । नेकपा एमालेका दुवै पक्षमा पछिल्लो समय बाहुबली संगठनको घोषणामा प्रतिस्पर्धा जस्तै चलेको छ। संस्थापन पक्षले युथफोर्स...

कांग्रेस र कम्युनिष्टबीच भिन्नता छैन : कमल थापा

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले जनताको रोजाइमा राप्रपा रहनुपर्ने बताएका छन्। काठमाडौंको क्षेत्र नं ५ मा शनिबार आयोजित कार्यक्रममा अध्यक्ष...

ताजा समाचार

ओली विक्षिप्त भएकाले उनलाई बरबराउन छुट छ : प्रचण्ड

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कार्यकर्ताले राम्ररी चिनिसकेकाले उनको साथ छोड्न थालेको बताएका छन्।...

तत्काललाई टर्यो कांग्रेसको सबै तहका अधिवेशन

काठमाडौँ । नेपाली कांग्रेसका सबै तहका अधिवेशन स्थगित भएका छन्। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानलिकण्ठमा शनिबार बसेको पदाधिकारी...

जेठाजुद्वारा बुहारीको हत्या

वीरगञ्ज । खेतमा कमाएर ल्याएको पैसाको विषयमा विवाद हुँदा बाराको महागढीमाई नगरपालिकामा एक महिलाको हत्या भएको छ। महागढीमाई नगरपालिका–७...