गोरेलाई जन्मकैद

मोरङ ।  ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या मुद्दामा मोरङ जिल्ला अदालतले मंगलबार गोरे भनिने चुडामणि उप्रेतीलाई जन्मकैदको फैसला सुनाएको छ।

न्यायाधीश भरत लम्सालको इजलासले गोरेलाई जन्मकैदको फैसला सुनाएको हो।

यस मुद्दामा लामो समयदेखि मोरङ अदालतमा सुनुवाइ भइरहेको थियो।

कूल प्रतिवादी मध्ये २१ जना अहिले पनि फरार छन् । फरारका नाममा इजलासले मुद्दालाई मुलतबीमा राखेको छ ।

त्यसबाहेका बाँकी प्रतिवादीको कुनैपनि कसुर पुष्टि नभएकाले इजलसले सफाइ दिएको छ ।