बढ्यो सुनचाँदीका मूल्य

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको प्रतितोला ३ सयले उकालो लागेर रु ९३ हजार ४ सय पुगेको छ । पहेँलो धातु मङ्गलबार प्रतितोला रु ९३ हजार १ सयमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९२ हजार ९सय छ, यसको मूल्य अधिल्लो दिन रु ९२ हजार ६सय थियो ।
त्यस्तै आज चाँदीको मूल्य अधिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु २० ले बढेर रु एक हजार २ सय ८० कायम रहेको महासङ्घले जनाएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८सय २७ डलर आसपास कारोबार भइरहेको छ