फागुन १ गतेबाट विद्यालय खुल्ने


काठमाडौँ । ओमिक्रोन संक्रमण समुदाय स्तरमा फैलिएपछि बन्द गरिएका विद्यालयहरू फागुन १ गतेदेखि पुनः भौतिक उपस्थितिमै सञ्चालन हुने भएको छ ।

कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र ९सीसीएमसीसी०को सिफारिसमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर विद्यालयहरू सञ्चालन गर्न निर्देशन दिएपछि विद्यार्थीहरूले एक महिनापछि पुनः कक्षा कोठामै उपस्थित भएर पढ्न पाउने भएका हुन् ।
कोरोना संक्रमण दर घट्दै गएपछि वैकल्पिक माध्यमबाट पढाइ गर्दै आएका विद्यालयहरूले पुनः भौतिक रूपमै कक्षा सञ्चालन तयारी गरिरहेका छन् ।

कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र ९सीसीएमसीसी०ले यसअघि नै फागुन १ गतेदेखि स्कुल, कलेज, ट्युसन सेन्टरलगायतका शैक्षिक क्रियाकलाप सञ्चालन गर्न सरकारलाई सिफारिस गरेको थियो ।

सोही सिफारिसका आधारमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय पुनः सञ्चालन गर्न निर्देशन गरेको छ ।

यस अवधिमा १२ वर्षदेखि १७ वर्ष उमेर समूहका अधिकांश विद्यार्थीले पूर्ण मात्रा खोप लगाइसकेका छन् । खोप लगाएका विद्यार्थीहरूमा कोरोनाको जोखिम न्यून हुने स्वास्थ्य विज्ञहरूले बताएका छन् ।