विष्णुमती नदी किनारा जोगाउन इन्द्रायणी पार्क निर्माण

काठमाडौँ । काठमाडौँ महानगरका मेयर विद्यासुन्दर शाक्यले इन्द्रायणी गुरुयोजनाअन्तर्गत पार्कको शिलान्यास गरेका छन् । कालीमाटीदेखि बालाजुसम्म विष्णुमती नदी किनाराको जग्गा संरक्षण गर्ने, हरियाली विकास गर्ने तथा पार्क बनाउने कार्यक्रमअनुसार मेयर शाक्यले पार्कको शिलायास गरेका हुन् । २ रोपनी ८ आना ३ पैसा जमिनमा निर्माण हुने पार्क बनाउन १ करोड २२ लाख रुपैयाँमा सम्झौता भएको छ । यसको लागत १ करोड ८० लाख रुपैयाँ गरिएको थियो ।

शिलान्यासपछि बोल्दै मेयर शाक्यले, प्राचीन इतिहास बोकेको सहर सहरी विकासको क्रमसँगै समयका हरेक खण्डमा विग्रिँदै गएको उल्लेख गरे । ‘समय समयमा सहर विग्रियो । त्यसको अपजस कसलाई दिनेरु राम्रा काम भने यो मैले गरेको भनेर दावी गर्ने गरिन्छ ।’ मेयर शाक्यले भने, ‘हामी निर्वाचित भएर आएदेखि सहरको मौलिकता जोगाउन तथा ठाउँ, समय र परिवेशका आधारमा आधुनिकताको उपयोगबाट सुधार गर्न प्रतिवद्ध भएर काम गरिरहेका छौँ ।

समय परिवर्तनशील छ । यसको विकास र गतिलाई स्वीकार गर्नुपर्छ । कुनै बेला प्लेन चढ्दा देवता नाघिन्छ भन्ने मनोविज्ञान अव विस्तारै सकिएको छ । यसै गरी विकासका आयाम स्वीकार गर्नुपर्छ । यसभित्रका केही विषयलाई लिएर अनावश्यक टीकाटिप्पणी र काममा अवरोध हुने गरेको छ । अरुलाई गाली गरेर समृद्धि बढ्ने होइन । लोकको हित नहुने योजना हो भने यहाँ कमजोरी भयो भनेर औँल्याउनुपर्छ । तर, यस्तो अवस्था महसुस गर्न पाइएन ।’ शाक्यले पुरानो उही अवस्थामा बसिरहने हो कि अघि बढ्ने होरु यो प्रश्नको जवाफ आवश्यक भएको उल्लेख गरे ।