कमल थापाको चटक सकिएपछि राप्रपा नेपाल व्यूँतियो

DPM and Minister for Energy Kamal Thapa speaks to media after a meeting of the Council of Ministers at Singha Durbar, Kathmandu, on Friday, November 24, 2017. Photo: RSS

काठमाडौं । राजावादीहरुको पार्टीका रुपमा चिनिएको राप्रपा पटक पटक फुट्ने र जुट्ने गर्दै आईरहेको छ । पूर्वपञ्चहरुको पार्टीका रुपमा चिनिएको राप्रपाका कमल थापाको चटक सकिएपछि अहिले एकीकरणमा भएको राप्रपा नेपाल फेरि व्यूँतिएको छ ।

दुई महिना अगाडिसम्म राजतन्त्र र हिन्दु राष्ट्र वोकेर हिँडेका थापा दुई महिन अघि भएको महाधिवेशनबाट पछारिएपछि उनले यसै साता पार्टी परित्याग गरेको घोषणा गरेका थिए ।

राप्रपा एकीकरणका समयमा हिन्दु धर्मको महत्वपूर्ण ग्रन्थ गीता छोएर कसम खाएको चटक गरी राप्रपा कुनै पनि हालतमा फुटाउँदैनो भनेका थापाले अन्ततोगत्वा पदका लागि राप्रपा फुटाएरै छाडेका छन् ।
राप्रपा फुटाएर उनले राप्रपा नेपाललाई पुनः व्यूँताएका हुन् ।

महाधिवेशनमा पूर्वराजा ज्ञानेन्द्रको हस्तक्षेपले आफू राजेन्द्र लिङ्देनसँग अध्यक्षमा पराजित भएको थापाको जिद्दी गर्दै आईरहेका थापाले पूर्वराजा कै नाम भजाएर गणतन्त्रमा पनि पटक पटक पदमा पुग्न सफल भएका थिए ।