लेखापढीको विश्वासमा पर्दा दृष्टिवन्धकमा राखिएको करोडौंको जग्गा अर्कैको नाममा नामसारी

नेपालगञ्ज । भूमाफियाको जालझेलमा परी मूल्यवान जग्गा गुमाएका नेपालगञ्ज मनिकापुरका ७० वर्षिय हरिहर खटिकको उजुरीको सुनुवाई र अनुसन्धान ढिलाई भएको छ । सुनुवाईमा ढिलाई हुँदा पीडित परिवारले न्याय नपाइने हो कि भन्ने चिन्तामा छन् ।

खटिकका अनुसार २ लाख रुपैयाँ ऋण लिएका उनको ३० कठ्ठा जग्गा भूमाफियाले राजीनामा र दृष्टि वन्धक कागज गराई मालपोत कार्यालयबाट पासन गरी ठगी गरेका हुन् । उनले विरामी पर्दा उपचारका लागि पटक पटक गरी आफ्नै गाउँका मालपोतमा लेखापढी काम गर्ने दुर्गा श्रवणसँग २ लाख रुपैयाँ लिएका थिए । शुकलकै मिलमतोमा ऋण लिएको तमसुक बनाउने नाममा मालपोत कार्यालयमा ल्याई जग्गा ठगी गरिएको पीडित परिवारले जनाएको छ ।
आफूलाई झुक्याएर जग्गा ठगी गरेको जाहेरी जिल्ला प्रहरी कार्यालय वाँकेमा दर्ता गएको करिव महिना दिन हुँदा पनि अहिलेसम्म कुनै सुनुवाई नभएको खटिकले बताए । जाहेरीमा जग्गा ठगीमा संलग्न व्यक्तिको नाम किटानी साथ दर्ता गरिएको छ । तर प्रहरीले जाहेरीको अनुसन्धान समेत थालेको छैन । प्रहरीले अनुसन्धान नगरेपछि अन न्याय नपायने हो कि भन्नेमा खटिक चिन्तित देखिएका छन् ।

लेखापढी व्यवसायी शुक्लको मिलेमतोमा खटिकको नाममा दर्ता रहेको किता नं. ४ को ३२२५, कि. नं. २० को २१८० कि.न.१११ को ४५७० बर्गा मिटर जग्गा २०७७ असोज १२ मा जानकी ३ का सहबुद्दिन बेहन, नेपालगञ्जका १९ का साविर अलि बेहना, २२ का राजेशकुमार कुर्मी र ५ का रिजवान अलि अन्सारीले ९० लाख रुपैयाँ मूल्य राखेर मालपोत कार्यालयबाट राजीनामा पास गरेको देखिन्छ ।