मिनेन्द्र रिजालको चर्को कलेज एपेक्समा पर्यटन बोर्डका पूर्व प्रमुख जोशी नियुक्त

काठमाडौं । राजनीतिक नेतृत्वमा बस्नेहरुले महंगा स्कूल कलेज सञ्चालन गरिरहँदा निःशुल्क शिक्षा भन्ने कुरा हावामा कुदिरहेको देखिन्छ । सरकारी विद्यालय तथा कलेजलाई पेण्डु्लम बनाएर निजी कलेजहरुको लुट मच्चाउने काम पनि गरिरहेका छन् । शिक्षामा लुट मच्चाउने कलेज मध्येको एक एपेक्स कलेज पनि हो ।

काठमाडौंको मध्य बानेश्वरमा रहेको एपेक्स कलेज नेपाली कांग्रेसका नेता एवं वर्तमान रक्षा मन्त्री मिनेन्द्र रिजालको हो ।
मिनेन्द्र रिजाल अध्यक्ष र श्रीमती दुर्गा रिजाल निर्देशक रहेको एपेक्स कलेजमा नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीलाई बीबीए– ट्राभल एण्ड टुरिजम कार्यक्रमको सल्लाहकार नियुक्त गरिएको छ ।
चर्चित अनुहार भजाएर चर्को शुल्क असुल्दै आईरहेको एपेक्स कलेजले जोशीलाई सल्लाहकारका रुपमा नियुक्ति गरेको प्रचार खर्चमात्र लाखौंको गरेको छ । जसको सम्पूर्ण खर्च विद्यार्थीहरुको शुल्कबाट असुल उपर कलेजले गर्ने छ ।

सल्लाकार भएर आएका दिपक जोशीले पढाउने भनिएको चार वर्षे बीबीए– ट्राभल एण्ड टुरिजम कार्यक्रमको ७ लाख ४२ हजार शुल्क लिने गरेको कलेजले जनाएको छ । चर्को कलेजहरु मध्ये पर्ने एपेक्स कलेजको प्रिन्सिपल भने कुनै बेला ओशो धारामा प्रवचन दिने गरेका र अहिले ओशो छाडेर जीवन विज्ञान संस्था खोली गीताको प्रवचन दिन थालेका एलपी भानु शर्मा छन् ।