नेपाली काँग्रेसकाे १ महिने चुनावी अभियान आजदेखि

ललितपुर । नेपाली काँग्रेसले आजदेखी स्थानीय तहको निर्वाचनलाई लक्षित गरी प्रचारप्रसार अभियान प्रारम्भ गर्दैछ ।

चैत २९ गतेसम्म एक महिना सञ्चालन हुने उक्त अभियानको आज आइतबार प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गर्नुहुनेछ ।‘घर–घर जाऔँ, काँग्रेस जिताऔँ’ नारासहित प्रारम्भ हुने अभियान ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि परिचालन गरी एकैसाथ थालनी गर्ने काँग्रेसको तयारी छ ।

कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतका अनुसार अभियानका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधिहरु पुगिसक्केनुभएकाे छ ।

अभियानका दौरान कांग्रेसले टोल समितिहरु गठनलाई तीव्रता दिनेछ भने आफ्नो नेतृत्वमा भएका कामहरुको प्रचार गर्नेछ । 

१ महिने अभियानपश्चात केन्द्रीय प्रतिनिधिहरुले केन्द्रमा प्रतिवेदन समेत बुझाउनुपर्नेछ ।