नेपालमा विदेशी बैंकले शाखा खोल्दा २ अर्ब भए पुग्ने

काठमार्डौ । नेपाल राष्ट्र बैंकले विदेशी बैंक तथा वित्तीय संस्थाको शाखा स्थापनाका लागि सन् २०१० मा जारी भएको नीति परिमार्जन गरी पुँजी सम्बन्धी नयाँ व्यवस्था गरेको छ । विदेशी बैंक तथा वित्तीय संस्थाले नेपालमा शाखा स्थापना गर्दा कम्तीमा २ अर्ब रुपैयाँ चुक्ता पुँजी भए पुग्ने बताएको छ

राष्ट्र बैंकले सोमबार जारी गरेको विदेशी बैंकलाई शाखा सञ्चालन अनुमति लिई फरेन बैंक ब्राञ्च लाइसेन्सिङ पोलिसी २०२२० मा उक्त व्यवस्था गरेको बताएका छन् । सन् २०१० मा जारी भएको विदेशी बैंकको शाखा स्थापना सम्बन्धी नीतिमा यस्तो पुँजी कम्तीमा २ अर्ब रुपैयाँ ९ सय २० मिलियन अमेरिकी डलर रहने व्यवस्था भए पनि नेपाली बैंकहरुको पुँजी बढे अनुसार विदेशी बैंकहरुले पनि बढाउनु पर्ने व्यवस्था गरेको थियो ।

हाल नेपाली बैंकहरुको पुँजी बढेर न्यूनतम ८ अर्ब रुपैयाँ समा पुगेको छ । अहिले पुरानो व्यवस्था परिमार्जन गरेर विदेशी बैंकका लागि २ अर्ब मात्र चुक्ता पुँजी भए पुग्ने व्यवस्था राष्ट्र बैंकले गरेको बताएको छ । सन् २०१० मा नेपाली बैंकहरुको चुक्ता पुँजी न्यूनतम २ अर्ब रुपैयाँ थियो । राष्ट्र बैंकले छुट्टै नीति अनुसार विदेशी बैंकहरुलाई सम्पर्क कार्यालय स्थापना गर्न अनुमति दिँदै आएको बताएका छन् ।

नेपालमा कतारको दोहा बैंक, भारतको आईसीआईसीआई बैंक र युएईको मसरेक बैंकले मात्र सम्पर्क कार्यालय खोलेका छन् । सम्पर्क कार्यालयले नेपालमा कुनै पनि खुद्रा बैंकिङ कारोबार गर्न पाउँदैनन । थोक रुपमा बैंक तथा वित्तीय संस्थालाई वित्तीय सेवा दिन्छन् । भने हालसम्म विदेशी बैंकहरुका कुनै पनि शाखा नेपालमा दर्ता भएको छैन् ।