युक्रेन कमजोर हुँदा रुसी सेनालाई खाद्य सामग्रीको अभाव

काठमार्डौ । रुसी सेनालाई खाद्यान्न लगायत अन्य आधारभूत सामाग्रीको अभाव भएको जानकारी आएको छ । रुसी सेनाले युक्रेनमा आफ्नो आक्रमण जारी राख्ना धेरै सङ्घर्ष गरिरहेको बेलायती रक्षा मन्त्रालयको पछिल्लो गुप्तचर आकलनले जानकारी दिएको छ ।

युक्रेन कमजोर हुँदै गएको हुँदा रुसी सेनालाई आक्रमण गर्ने क्रमनमा खाद्यन्न लगायत अन्य आधारभुत सामग्रीको समस्या परेको प्रतिवेदनमा उल्लेख गरिएको छ। सैनिकहरूले उनीहरूको सीमित गतिशीलता र हवाई लडाकु विमानहरूको अभावका कारण खाना र इन्धनजस्ता आधारभूत आवश्यक वस्तुू को सेनाहरूलाई प्रभावकारी ढङ्गमा आपूर्ति गर्न सकेका छैनन्।

ूयुक्रेनको निरन्तर प्रत्याक्रमणहरूले रुसलाई आफ्नो आपूर्ति लाइनको रक्षा गर्न ठूलो सङ्ख्यामा सेना फिर्ता लग्न बाध्य तुल्याएको छ। रुसको आक्रमण क्षमतालाई निकै सीमित गरिरहेको छ । प्रतिवेदनमा बिहीवार अमेरिकाले गरेको आकलनलाई प्रतिविम्बित गरेको छ । जसमा रुसीसेना देशभित्र नै अल्झिएको जानकारी छ ।