घरायसी विवाद हुँदा, खेमजुङको मृत्यु

काठमार्डौ । झापाको बिर्तामोड नगरपालिकामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । बिर्तामोड ५ का ४० वर्षीय कमल राउतले श्रीमतीलाई कुटपिट गर्दा मृत्यु भएको छ ।

गए राति राउतले घरायसी विवाद हुँदा श्रीमतीलाई कुटपिट गरी मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छन् । श्रीमानको कुटाइबाट गम्भीर घाइते भएकी खेमजुङ बिर्तामोडस्थित कनकाई अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल लगिएको बताएको छ ।

नोबेल अस्पतालमा पनि उपचार हुन नसकेपछि आफन्तले बिर्तामोडस्थित माइती घर लगिएको थियो । गए राति खेमजुङको मृत्यु भएको हो । घटनाबारे इलाका प्रहरी कार्यालय अनारमनीले अनुसन्धान अघि बढाइरहेको छ ।