५२ पदाधिकारीको नियुक्ति विरुद्धको मुद्दा हेर्दाहेर्दैमा

काठमार्डौ । केपी शर्मा ओली नेतृत्वको सरकारले विभिन्न संवैधानिक आयोगमा गरेको नियुक्तिको विरुद्धको मुद्दामा आजको संबैधानिक इजलासले आयोगका ५२ पदाधिकारीको नियुक्ति विरुद्धको मुद्दा हेर्दा हेर्दैमा राखेको छ ।

सर्वोच्च अदालतको आजको पेसीसूचीमा रहेको सो मुद्दाको हेर्दा हेर्दैमा राखिएको हो । संवैधानिक आयोगका ५२ पदाधिकारीको नियुक्तिविरुद्धको मुद्दाको प्रारम्भिक सुनुवाइ आज भएको छ ।

आन्तरिक विवादका कारण संवैधानिक अयोगका पदाधिकारीको नियुक्तिका लागि बोलाइएको संवैधानिक परिषद्को बैठकमा सभामुख अग्नि सापकोटा र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा अनुपस्थित भएपछि ओली नेतृत्वको सरकारले संवैधानिक परिषद ऐन अध्यादेशमार्फत परिवर्तन गरी उपस्थित सदस्यको बहुमतले नियुक्ति सिफारिस गर्न मिल्ने प्रावधान राखी सो नियुक्तिको सिफारिस गरेको थियो ।