यौन दुर्व्यवहारको आरोपमा शिक्षक पक्राउ

काठमार्डौ । बालयौन दुर्व्यवहार गरेको अभियोगमा एक जना शिक्षक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोमेश्वर माध्यमिक विद्यालय माडीका शिक्षक सुरज लामिछाने रहेका छन् । माडी नगरपालिका ५ निवासी उनलाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।

उनलाई कक्षा ९ मा अध्ययनरत १५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिएका हुन ।

बालीकालाई यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका शिक्षकमाथि अनुसन्धान सुरु गरिएको प्रहरी कार्यालय चितवानले जानकारी दिइएको छ ।