श्रीमतीको हत्या गरी फरार रहेको थापा पक्राउ

काठमार्डौ । आफ्नै २४ वर्षीया श्रीमती लक्ष्मी तामाङ थापाको हत्या गरेको अभियोगमा बूढानीलकण्ठ नगरपालिका १३ चुनिखेल डेरा गरी बस्ने उदयपुर कटारी घर भएका २१ वर्षीय भक्त बहादुर थापालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

घरायसी बिबादको कारण भक्तले धारिलो हतियार दाउ प्रहार गरी गम्भीर घाइते बनाई फरार भएका थिए । फरार भएका थापालाई महानगरीय प्रहरी वृत्त महाराजगंज र महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरी टोलीले उनलाई हतियार सहित पक्राउ गरेको बताएको छ ।

गम्भीर घाइते भएकाी लक्ष्मी तामाङलाई तत्काल उपचारको लागि चुनिखेलस्थित करुणा अस्पताल पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको अस्पतालले जानकारी गराएको छ । भक्त थापालाई भने प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।