साढे आठ महिनामा विकास खर्च न्यून

काठमाडौँ । म्याग्दी जिल्लामा चालु आर्थिक वर्षको पहिलो साढे आठ महिनामा विकासतर्फको बजेट खर्च भने निराशजनक भएको छ । जिल्लामा रहेका विकास योजनामा सङ्घ र प्रदेश सरकारबाट प्राप्त बजेटमध्ये पुँजीगत खर्च न्यून देखिएको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालय म्याग्दीका अनुसार जिल्लामा चालु आर्थिक वर्षको चैत १५ गतेसम्म भएको पँुजीगत खर्चमध्ये सङ्घतर्फ १२ दशमलब ६७ प्रतिशत र प्रदेशतर्फ २८ दशमलब २३ प्रतिशत खर्च भएको बताइएका छन् ।

सो अवधिमा सङ्घतर्फ कुल ५३ करोड १६ लाख ९२ हजार बजेटमध्ये ६ करोड ७३ लाख ७० हजार ९१२ दशमलब ६७० प्रतिशत खर्च भएको छ । विकासमा प्रदेशतर्फ रहेको ६२ करोड ६८ लाख ५० हजार १७ करोड ७० लाख ६ हजार २७५ बजेट ९२८ दशमलब २३० प्रतिशत खर्च भएको कोेष नियन्त्रक युक्तप्रसाद शर्माले जानकारी दिइएका छन् ।

खानेपानी तथा ढल व्यवस्थापन आयोजना र अन्य योजनामा करिब ५० करोड खर्च भइरहेको र त्यसको भुक्तानी नहुँदा खर्च न्यून देखिएको कोेष नियन्त्रक शर्माले बताइएका छन् । आर्थिक वर्षको आठ महिनामा सङ्घ तथा प्रदेशको ४० प्रतिशत विकास बजेट खर्च हुनुपर्ने मान्यता रहेको छ । तर विकासतर्फको बजेट कार्यान्वयनमा साउन भदौ, असोज कात्तिक चाडपर्व र मङ्सिर पुस लगायतको महिना जाडो र कोभिडका कारण सोचे जस्तो रुपमा विकास खर्च हुन नसकेको कोष नियन्त्रक शर्माले बताएका छन् ।

शर्माले भने विकास योजनाको काम भइरहेको छ, अधिकांश योजनाको बजेट भुक्तानीको चरणमा छ । प्रदेशतर्फको विकास बजेटमध्ये पूर्वाधार विकास कार्यालयको ३८ करोड ४२ लाख ३० हजारमध्ये १२ करोड १९ लाख ४१ हजार खर्च भएको छ भने उक्त कार्यालयको उपलब्धि भने ३२ प्रतिशत मात्र देखिइएको छ ।