पत्नी सिर्जनालाई काठमाडौंको मयेर उठाउने दाउमा प्रकाशमान

काठमाडौं । स्थानीय तहको निर्वाचनको सरगर्मी बढेसँगै अधिकांश स्थानीय तहमा उम्मेदवार बन्नेको होडबाजी शुरु भएको छ । स्थानीय तहको निर्वाचन वैशाख ३० गते हुने भए पछि राजनीतिक दलका कार्यकर्ताहरु उम्मेदवार बन्ने होडबाजीमा नेताहरुको दैलो गुहार्न पुगिसकेका छन् । विगतको स्थानीय तहको निर्वाचनमा दलका कार्यकर्ताहरु भन्दा पनि विभिन्न व्यवसायमा संलग्न ठेकेदारहरुलाई टिकट दिएको भन्दै चर्को आलोना नभएको पनि होइन । अहिले पनि उही चर्चा भिन्न तरिकाले उठ्न थालिसकेको छ ।

स्थानीय तहको निर्वाचन लक्षित गरी सवैको ध्यान काठमाडौं महानगरपालिकामा केन्द्रित भएको देखिन्छ । नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी, नेकपा एस लगायतको ध्यान पनि काठमाडौंमा नभएको होइन । एमाले एकातिर र गठवन्धन दल एकातिरबाट निर्वाचनको तयारी गरिहेको भएपनि उम्मेदवार को हुने भन्ने चर्चा पाटीभित्र नभएपनि बाहिर भने चर्को वहश नै शुरु भइसकेको छ ।

प्रधानमन्त्री पत्नी आरजु देउवा राणाले नारी दिवसको अवसरमा उपमेयर निर्वाचित भएका व्यक्तिलाई नै मेयरको उम्मेदवार दिनु पर्छ भन्ने अभिव्यक्ति दिएसँगै काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ फुरुङ्ग मात्र भइनन् आफ्नो जीत सुनिश्चित हुने भाषण नै गर्न थालेकी थिईन् । तर यतिखेर हरिप्रभा खड्गी श्रेष्ठको सपना चकनाचुर भएको देखिन्छ । काठमाडौंका कांग्रेसहरुले महानगरपालिकाको प्रमु्खमा प्रकाशमान पत्नी सिर्जनालाई उठाउने लविङ्ग गरिरहेका छन् ।

कार्यकर्ताहरुको लविङ्गले प्रकाशमान ंिसहलाई पत्नी सिर्जनालाई उम्मेदवार बनाउनका लागि सहज बाटो खोलिदिएको छ । विगतमा कांग्रेसले हार खेपेको काठमाडौं महानगरमा यतिखेर गठवन्धनका कारण मेयर आफूले लिने र निर्वाचित सजिलै भईने आंकलन गरिएकाले प्रकाशमान पत्नी सिर्जनालाई मेयरको टिकट दिनु पर्ने चर्चा चलेको मात्र होइन यतिखेर कार्यकर्ताहरु सिर्जनालाई वोकेर टोल टोल पुग्न थालिसकेका छन् ।

विगतमा सार्वजनिक समारोहमा उपस्थित कहिल्यै नहुने सिर्जना अहिले भने पार्टी कार्यकर्ताहरुको घरको पूजाआजादेखि व्रतवन्ध विवाहमा समेत सामेल हुन थालेकी देखिन्छिन् । वडा स्तरमा हुने गरेका अधिकांश कार्यक्रममा सिर्जनाको उपस्थितिले काग्रेसले सिर्जनालाई मेयरको टिकट दिने करीव पक्का पक्की देखिएको नेपाली काग्रेस काठमाडौ जिल्ला समितिका एक सदस्यले जानकारी दिए ।