एमाले गठबन्धनको पक्षमा छैर्नौ : उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले कुनै पनि गठबन्धनको पक्षमा नरहेको बताइएका छन् । प्रेस चौतारी चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरेलले भने तपाईंहरु एकदम प्रष्ट हुनुहोला, नेकपा एमाले कुनै पनि गठबन्धनको पक्षमा छैन ।

स्थानीय आवश्यकताअनुसार सहमति हुनसक्ने भन्दै केन्द्रबाट कुनै पनि दलसँग गठबन्धन नगर्ने बताएका छन् । स्थानीय आवश्यकताअनुसार लोकल एडजस्टमेन्टको कुरा हुन सक्ला, तर त्यो आज मात्रै होइन उपाध्यक्ष पोखरेलले भने २०४८ को संसदीय निर्वाचनमा पनि लोकल एडजस्टमेन्टका अभ्यास हामीले गर्ने कोशिस गरेका थियौँ । भन्दै अहिलेको एमाले गठबन्धनको हिसाबले निर्वाचनमा नजाने भन्दै गठबन्धन नबनाउने स्पष्ट पारो छन् ।

एमाले गठबन्धन भएन भने सिद्धिन्छौँ भन्ने पक्षमा छैनौँ, गठबन्धनका पक्षमा निर्वाचन नलड्ने पोखरेले दाबी गरेका छन् । उनले विचार र कामका आधारमा निर्वाचन हुने भएकाले पाँच दलको गठबन्धन आए पनि एमाले एक्लै काफी हुने समेत कठोर निर्णय गरेका छन् । आगामी दिनमा एमालेले गर्ने कामको प्रतिबद्धताका आधारमा स्थानीय चुनाव जित्ने पोखरेलले जिकिर गरेका छन् ।

वैशाख ३० देखी हुने स्थानीय निर्वाचनमा उम्मेदवार मनोनयन दर्ता गर्ने दुई दिनको समय तोकिएको छ , किन दुई दिन चाहियो कहीँ नभएको नियम यहाँ लगाइँदैछ भन्दै पोखरेलले निर्वाचन आयोगले पनि दलसँग परामर्श नै नगरी मतपत्रको रङ फेर्ने विषय अनौठो भएको बताइएका छन् ।