तनहुँमा १६७ वटा कृषि गणना केन्द्र

काठमाडौँ । वैशाख ६ गतेदेखि जेठ १९ गतेसम्म हुने कृषि गणना तनहुँ जिल्लामा पनि १६७ वटा गणना केन्द्र तोकिएका छन् । प्रत्येक १०–१० वर्षको अन्तरालमा हुँदै आएको राष्ट्रिय कृषिगणना यस वर्ष पनि गर्न लागिएको हो ।

राष्ट्रिय कृषिगणनका लागि वैशाख ६ देखि जेठ १९ गतेसम्म ४५ दिनको अवधिमा हुने राष्ट्रिय कृषिगणना कार्यका लागि गणना केन्द्र कायम गरिएको जिल्ला कृषिगणना अधिकृत नवराज पोख्रेलले जानकारी दिइएका छन् । उनका अनुसार तनहुँका ४ नगरपालिका र ६ गाउँपालिका गरी १० वटा पालिकामा १६७ गणना क्षेत्र तोेकिएको बताएका छन् ।

उक्त क्षेत्रका करिब ४ हजार १७५ जना कृषक परिवारको छनोटपश्चात गणनाकार्य अघि बढाइने बताइएका छन् । पोख्रेलको अनुसार भानु नगरपालिकामा २०, व्यासमा १८, शुक्लामा १८, भिमादमा १७ गणना क्षेत्र कायम गरिएको छ । भने म्याग्दे गाउँपालिका १६, घिरिङमा १५, ऋषिङमा १८, देवघाटमा १६, बन्दीपुरमा १५ र आँबुखैरेनीमा १४ वटा गणना क्षेत्र रहेका बताएका छन् ।

ताजा अपडेट