निर्वाचनको चहलपहल बढेसँग कार्यकालको अन्त्यतिर सडक निर्माण धमाधम

काठमाडौँ बाँकेमा कार्यकालको अन्त्यतिर सडक निर्माण धमाधम हुदै छ । वैशाख ३० बाट हुने स्थानीय चुनाबको चहलपहल बढेसँगै विकासका निर्माणको काम पनि तीव्र गतिमा अघि बढ्दै गएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका, १८ मा धमाधम सडक निर्माणसँगै विकासका योजना तीव्र पारिएको छ । वडाको विकासका लागि वडाध्यक्ष दीपक बर्माले प्रदेश सरकारबाट ९० लाख बराबरका सात पिसिसी सडकको बजेट चालु आर्थिक वर्षमा ल्याएका थिए । सो बजेटबाट उपमहानगरपालिका मार्फत ठेक्का भई निर्माणको काम अघि बढेको छ । उक्त बजेटबाट सुरु गरिएको एउटा पिसिसी ढलान सडकको निर्माण सम्पन्न भइसकेको अध्यक्ष बर्माले जानकारी दिएका छन् ।

अध्यक्षका अनुसार कार्यकालको अन्तिम समयमा पनि वडाभित्र एकसाथ सात सडक निर्माण गर्न थालिएको बताए । वडाको भगवतीटोलमा वडाध्यक्ष बर्माले ३० लाखको लागतमा आरसिसी नालासहित पिसिसी सडक निर्माण गर्दै छन् ।

९० लाखको बजेटबाट ७ सडकमध्ये भगवती टोलमा २ उज्ज्वलनगर, शिवशक्ति टोल, शिवनगर, नागरिक टोल, विशाल चोक, मोडेल एकेडेमी टोलमा सडकको निर्माण कार्य अघि बढेकोबताएका छन् । उनले यसबाहेक १३ भित्री सडकको पिसिसी सम्पन्न भएको उल्लेख गर्दै गरिब विपन्न र दलित परिवारका लागि ६५ धारा जडान गरेको समेत जानकारी दिएका छन् ।

वडाध्यक्ष बर्माले मुस्लिम, सुकुम्वासी र मधेसी समुदायका परिवारलाई १३७ घरेलु सौर्य सोलार जडान गरिएको सडक स्तरोन्नति कामसमेत भएको बताए । उपमहानगरपालिकाको वडा नं ६ मा पनि सडक पूर्वाधार लगायतका क्षेत्रमा काम भइरहेको छ । वडा नं ६ का अध्यक्ष समीरप्रताप सिंहले  २ लाख ५० हजारदेखि ३ लाखसम्मका साना सडक निर्माण कार्य भइरहेको जानकारी दिएका छन् । सडकमा पिसिसी र ग्राभलिङको काम भएको जानकारी गराए ।