काठमाडौं उपत्यकामा मेलम्चीको खानेपानी वितरण

काठमाडौँ । बहुप्रतिक्षित मेलम्ची खानेपानी आइतबार राजधानीबासीको धारामा खसेको छ। महांकालमा वितरण गरिएको मेलम्चीको पानी साँझसम्म मिनभवन, बालाजु, महाराजगञ्जबाट पानी वितरण गरिने काठमाडौं उपत्यका खानेपानी लिमिटेड केयुकेलका प्रवक्ता प्रकाशकुमार राईले जानकारी दिएका छन् । उनका अनुसार अहिले ट्यांकी भर्ने काम भइरहेको र साँझसम्म सबैको घरघरमा पानी जाने भएको छ ।

पूरानै पाइप प्रणालीबाट पानी वितरण गरिएको छ। तर अनामनगरका ५ सय घरमा नयाँ पाइपबाट पानी दिइएको छ। यो पाइलट प्रोजेक्ट भएकाले नयाँ पाइपलाइनबाट पानीको परीक्षण गरिएको उनको भनाइ रहेको छ। महांकाल चौरमा रहेको ट्यांकीको भल्भ खोलेर आइतबार मेलम्चीको पानी वितरण सुरु गरिएको छ । केयुकेलले केही दिनसम्म चार करोड लिटर पानी वितरण गर्ने छ। क्रमश बढाउँदै लैजाने केयुकेलको तयारी रहेको छ।

आइतबार ४ करोड लिटर मेलम्चीको पानी वितरण लाइनमा थप भएको प्रवक्ता राईले बताइका छन् । आइतबार नै खुमलटालको नयाँ पानी ट्यांकीको परीक्षण गर्ने केयुकेलको तयारी छ। सुन्दरीजलस्थित प्रशोधन केन्द्रबाट थोक वितरण प्रणाली हुँदै घरघरमा पानी पुग्ने प्रक्रिया आइतबारबाट सुरु भएको हो। मेलम्चीको पानी केही समय काठमाडौं खानेपानी उपत्यका लिमिटेड केयूकेएलका पुराना पाइपलाइनबाटै वितरण गरिएको छ ।

आइतबार पहिलो चरणमा महांकालसहितका ट्यांकीको पानी वितरण गरिएको हो । सुन्दरीजलमा प्रशोधित पानी उपत्यकाका १० ठाउँमा पुग्ने छ । मीनभवन, अनामनगर, आरुबारी, महांकाल, बाँसबारी, बालाजु, पानीपोखरी, कीर्तिपुर, भक्तपुरको बोडे र ललितपुरको खुमलटारमासम्मा खानेपानीको ट्यांकी बनाइएको छ।