कुटपिटमा संलग्न २ जना पक्राउ

काठमाडौ । सिरहामा कुटपिटबाट ५४ वर्षीय धनेश्वर महराको मृत्यु हुदा कुटपिट गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । सिरहा नगरपालिका १३ फुलवरिया बस्ने ५४ वर्षीय धनेश्वर महराको कुटपिटबाट शनिबार दिउँसो मृत्यु भएको थियो ।

कुटपिटमा संलग्न रहेको अभियोगमा ४१ वर्षीय लक्ष्मी महरा र उनकै भाइ ३२ वर्षीय ब्रहम देव महरालाई प्रहरीले पक्राउ गरेको छ । पर्खाल लगाएको विषयलाई लिएर उनीहरूले कुटपिट गर्दा गम्भीर घाइते भएका धनेश्वरको मूत्यु भएको हो ।

उनको उपचारको लागि प्रादेशिक अस्पताल सिरहातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय माडर र जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न दुवै जनालाई नियन्त्रणमा लिएको बताएको छ । धनेश्वरलाई कुटपिट गर्ने उनीहरुमाथी प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।