मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु

काठमाडौँ । काठमाडौँ महानगरपालिका ३२ स्थित मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बौद्ध नयाँबस्ती बस्ने ओखलढुङ्गाको सुनकोसी गाउँपालिका ६ का ३२ वर्षीय कमल आलेमगर र सोही ठाउँ बस्ने २१ वर्षीय गोपाल आलेमगर रहेका छन् ।

आज बिहान बा ५० प ९९३३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिजुलीको खम्बामा ठोक्किएर भएको दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

मोटरसाइकल अनियन्त्रित दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिइएको छ ।