मेयरमा उम्मेदवारी दिँदै व्यञ्जनकारले भने हामीसँग जनता छन्, हामी जित्छौँ

काठमाडौँ । वैशाख ३० मा हुने स्थानीय निर्वाचनको लागी नेकपा एमालेले ललितपुर महानगरपालिकाको मेयर र उपमेयरमा उम्मेदवारी दर्ता गरेको छ । सोमवार एमालेको तर्फबाट मेयरमा हरिकृष्ण व्यञ्जनकार र उपमेयरमा मञ्जली शाक्य आस्थाले उम्मेदवारी दर्ता गराएका हुन् ।

ललितपुरलाई आफुले मेयर उम्मेदवारमा दार्त गराएका व्यञ्जनकारले केजरिवाल मोडेलमा विकास गर्ने बताएका छन् । भारत दिल्लीका मुख्यमन्त्री केजरिवालले जसरी सरकारी सेवा, स्वास्थ्य, शिक्षालाई माथि उठाए, म पनि त्यही मोडेलमा काम गर्ने बताएका छन् ।

उनले स्थानीय निर्वाचनमा महानगरपालिकामा नेकचपा एमालेले जित्ने दाबी गरेका छन् । हामी सिंह हौं, अरू स्याल हुन्, उनले भने, हामीसँग जनता छन्, हामी जित्छौँ । आफु ललितपुर महानगरपालिकाको मेयरमा उम्मेदवार मा दर्ता भएपछि नेकपा एमालेले स्थानीय निर्वाचन जित्ने दाबी गरेका छन् ।