वृद्धभत्ता मैले ल्याएको हुँ, केपी ओलीले होइन : माधव नेपाल

काठमाडौं । राजधानीमा आयोजित कार्यक्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वृद्ध भत्ता, सामाजिक सुरक्षा र आफ्नो गाउँ आफैँ बनाउँ जस्ता लोकप्रिय कार्यक्रमको स्वामित्व एमालेले लिन नमिल्ने बताएका छन् ।

अध्यक्ष नेपालले एमालेको तत्कालीन ९ महिने सरकारको पालामा सुरु भएका लोकप्रिय कार्यक्रममा केपी ओलीको कुनै पनि भूमिका नरहेको बताएका छन् । नेपालले भने, २०५१ सालमा बुढापाकालाई भत्ता दिने सुरुवात हामीले नै गरेका हौं। हामीलेनै अपागंता भएकाहरुलाई विशेष सहुलीयत, एकल महिलालाई भत्ताको व्यवस्था गर्ने, जग्गा वितरण गर्नेजस्ता कामहरु हामीले नै सुरु गर्‍यौं।

अहिले केपी ओली गुटले हामीले यी कार्यक्रमहरु ल्यायौं भन्दैछ रे । उनको त कुनै भूमिकै थिएन। त्यहाँ भूमिका थियो भने मनमोहन अधिकारीको , माधव नेपालको र भरतमोहन अधिकारीको सहमतिमा सुरु गरेको अध्यक्ष माधवकुमार नेपालले भनेका छन् ।