नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्ध, ७५ वर्ष पूरा

काठमाडौं । नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७५ वर्ष पूरा भएको छ । नेपालसँगको विकास साझेदारीमा अमेरिकाले निरन्तर सहयोग गर्ने बताएको छ । अमेरिकाले नेपालको विकासको दोस्रो पुरानो बाह्य साझेदारीमा विद्यमान द्विपक्षीय सम्बन्धप्रति सन्तुष्टि जनाउँदै सहयोगको तत्परता देखाएको हो ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङकेनले सामाजिक सञ्जालमा आज लेखेका छन् । नेपाल र अमेरिकाको कूटनीतिक सम्बन्धको ७५ वर्ष पूरा भएको छ । नेपालले आफ्नो शासन व्यवस्था, आर्थिक विकास र अन्तर्राष्ट्रिय संलग्नतामा अतुलनीय परिवर्तन भोगेको छ । हामी साझेदारका रूपमा हाम्रा उपलब्धिमा गर्व गर्छौं र मित्रताको धेरै दशकका लागि तत्पर छौँ ।

नेपालका लागि अमेरिकी राजदूत ¥याण्डीबेरीले सामाजिक सञ्जालमा आजै “नेपाली र अमेरिकीहरूलाई बधाई छ । सन् १९४७ मा अमेरिकासँग नेपालको कूटनीतिक सम्बन्ध यही हप्ता सुरु भएको थियो । हाम्रो मित्रता आपसी सम्मान, लोकतान्त्रिक मूल्य र सार्वभौमसत्तामा आधारित भएको लेखेका छन् ।

परराष्ट्र मन्त्रालयले विदेशमन्त्री ब्लिङकेनको अभिव्यक्तिको प्रत्युत्तर दिँदै सामाजिक सञ्जालमा लेखेको छ, “नेपाल–अमेरिका कूटनीतिक सम्बन्धको ७५औँ वार्षिकोत्सव मनाउने क्रममा, नेपाल हाम्रा दुई देशबीचको लामो समयदेखिको मित्रता र सहयोगलाई अझ प्रगाढ बनाउने आफ्नो प्रतिबद्धता दोहो¥याउँछ ।

नेपाल र अमेरिकाबीच २५ एप्रिल १७४७ मा कूटनीतिक सम्बन्ध कायम भएको परराष्ट्र मन्त्रालयले बताएको छ । यसैबीच परराष्ट्रमन्त्री डा नारायण खड्कासँग मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसिसीका उपाध्यक्ष जोनाथन ब्रुक्सले शिष्टाचार भेट गरेका छन् । परराष्ट्र मन्त्रालयमा भएको उक्त भेटमा दुवै पक्षले नेपालमा एमसिसी परियोजना कार्यान्वयन, आर्थिक लाभलगायत विषयमा छलफल गरेका परराष्ट्र मन्त्रालयले जानकारी गराएको छ।