तालमेलको विषयमा मतभेद् हुनु स्वभाविक हो : गगन थापा

काठमाडौं । शुक्रबार काठमाडौंमा भएको आयोजित कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले स्थानीय तहको निर्वाचनमा मतभेद् हुनु स्वभाविक भएको बताएका छन् । उनले भने तालमेलको विषय जेजस्तो बहस भए पनि अब पार्टीको निर्णयअनुसार अघि बढ्नुपर्ने बताएका छन् ।

उनले तालमेलको विषयमा आफूले उठाएको बहस सैद्धान्तिक विषय भएकाले यसलाई पछि छलफल गर्न सकिने बताएका छन् । निर्वाचनमा अब एकढिक्का भएर पार्टीलाई विजयी गराऔं।

महामन्त्री थापाले टिकटलाई लिएर असन्तुष्टि राख्ने सबैलाई समेटेर लैजाऔं, भन्दै नजिकिदै गरेको स्थानीय निर्वाचनमा पार्टीको आधिकारिक निर्णय सबैलाई पालना गर्न आग्रह गरेका छन् ।