२० हजार रुपैयाँ घुस माग्ने खरिदारविरुद्ध मुद्दा दायर

काठमाडौं । काठमाडौँमा जग्गा नामसारी गर्न घुसमाग्ने खरिदारविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको टोखा स्थित मालपोत कार्यालयको मुद्दा फाँटमा कार्यरत एक जना खरिदारविरुद्ध भ्रष्टाचारको मुद्धा दायर गरेको छ । खरिदार विनोद तिवारीविरुद्ध आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

तिवारीले जग्गा नामसारी दर्ता गरी जग्गा धनी प्रमाण पुर्जा बनाउने काममा सहजीकरण गरिदिने भनी सेवाग्राहीबाट २० हजार रुपैयाँ घुस लिएको अवस्थामा उनलाई पक्राउ गरेको अनुसन्धान आयोगले बताएको छ ।

वैशाख ४ गते तिवारीलाई अख्तियारको टोलीले पक्राउ गरेको हो । सेवाग्राहीलाई तिवारीले घुस लिएको भन्दै आयोगले आज विशेष अदालतमा मुद्दा दर्ता गरेको जानकारी गराएको छ ।