जबरजस्ती करणी गरेको अभियोगमा हेम मगर पक्राउ

काठमाडौँ । रूपन्देही, २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा देवदह नगरपालिका ६ बस्ने ३४ वर्षीय हेम बहादुर घर्ती मगर रहेका छन् । उनलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

हेम बहादुर घर्ती मगर लगायत ३ जनाले ती महिलालाई देवदह नगरपालिका ९ भलुहीस्थित होटलमा लगि हेम बहादुर घर्तीमगरले जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ प्रहरी चौकी खैरेनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

साथै अन्य १ जना र होटल संचालक समेतलाई प्रहरीले आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ । एक जना भने फरार भएका छन् , उनलाई प्रहरीले खोजी गरिरहेको छ ।