हत्या गरेको अभियोगमा तीन पक्राउ

काठमाडौँ । मोरङको कटहरी गाउँपालिका २ आदर्शटोल बस्ने ५० वर्षीय तुलसी श्रेष्ठको हत्या गरेको अभियोगमा ३ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कटहरी गाउँपालिका १ बस्ने ३३ वर्षीय रविन भुजेल, २९ वर्षीय वर्षीय कपिल माझी र कटहरी गाउँपालिका ३ बस्ने २८ वर्षीय नितेश चौधरी रहेका छन् ।

कटहरी गाउँपालिका १ महेशपुर थानगाछीस्थित खेतमा आइतबार बिहान तुलसी श्रेष्ठ शरीरमा चोटपटक लागेर मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धान गर्ने क्रममा वडा प्रहरी कार्यालय ख हाटखोला र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।

आपसी वादविवादको क्रममा बाँसको मुग्रो, ढुंगा लगायतका औजार प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको बताएका छन् ।