खेतमा काम गरी फर्कने क्रममा जबरजस्ती करणी गर्ने पक्राउ

काठमाडौँ । म्याग्दीमा ३८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेनी नगरपालिका ९ घतान बस्ने ६२ वर्षीय भक्ते दमाई रहेका छन् । उनलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

दमाईले ती महिलालाई खेतमा काम गरी फर्कने क्रममा आफ्नै घरमा लगि शनिबार साँझ जबरजस्ती करणी गरेको हो । उक्त खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको प्रहरीले प्रहरी चौकी पारिबेनी पर्वतको सहयोगमा पर्वत जलजला गाउँपालिका ४ बाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यलयले जानकारी दिएको छ ।