भरूवा बन्दुकको छर्रा लागेर एकको मृत्यु, २ थान भरुवा बन्दुक सहित १० पक्राउ

काठमाडौँ । प्युठान, ऐरावती गाउँपालिका १ अमिलीस्थित दोबाटो सामुदायिक जंगल डाडाथरीमा सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर एक जानको मृत्यु भएको छ । मृत्यु हुनेमा ३४ वर्षीय दोर्ण बहादुर आलेमगर रहेका छन् । उनको आइतबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ ।

सोही ठाउँ बस्ने २४ वर्षीय ज्ञान बहादुर नेपालीले उक्त जंगलमा सिकार खेल्ने क्रममा मृगलाई हानेको भरुवा बन्दुकको छर्रा लागेर दोर्णबहादुरको घटनास्थलमै मृत्यु भएको बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय प्युठान, ईलाका प्रहरी कार्यालय बिजुवारका अनुसार मृतकसँगै सिकार खेल्न गएका अन्य १० जनालाई २ थान भरूवा बन्दुक सहित पक्राउ गरेको प्रहरी चौकी दाङवाङबाट खटिएको प्रहरीले बताएको छ । घटनामा संलग्न फरार रहेका ४ जनाको खोजी कार्य गरिरहेको र प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।