१२ देखि १७ वर्षसम्मका बालबालिकालाई बुस्टर डोज

काठमाडौं । सरकारले आजदेखि १२ देखि १७ वर्षसम्मका बालबालिकाकालाई कोरोनाविरुद्धको बुस्टर डोज दिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयस्तरीय मङ्गलवार बसेको बैठकले शुक्रबारदेखि बुस्टर डोज दिने निर्णय गरेको हो ।

बुस्टर डोजमा दुई प्रकारको खोप उपलब्ध गराएको छ । बालबालिकाका लागि पहिलो तथा दोस्रो डोज मोर्डना र फाइजर खोप दिएको छ ।

स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाको बालस्वास्थ्य तथा खोप शाखाले मोर्डना र फाइजर खोपको दुई मात्रा लगाइ ३ महिना पुरा भएकालाई बुस्टर मात्रा लगाइने जानकारी दिएको छ । फाइजर खोप बुस्टर लगाउँदा ०.३ एमएल र मोर्डना खोप बुस्टरको रुपमा दिँदा ०.२५ एमएल दिनुपर्ने हुन्छ ।