लुम्बिनी कपास उद्योगमा आगलागी

काठमाडौँ । रुपन्देहीको सैनामैनामा रहेको लुम्बिनी कपास उद्योगमा आगलागी भएको छ । सैनामैना नगरपालिका– ६ कलौनी स्थित पुरानो बजार नजिक रहेको लुम्बिनी कपास उद्योगमा आज बिहानदेखि आगो लागेको हो ।

आगो नियन्त्रणका लागि बुटवल उपमहानगरपालिका र सैनामैना नगरपालिकाको दमकलसहित ३ वटा दमकल प्रयोग भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले जानकारी दिइएका छन् ।

उनका अनुसार नेपाल प्रहरी, नेपाली सेना,जनप्रतिनिधि,नगर प्रहरी र स्थानीयहरूले घटना स्थलमा उद्धारकार्य गरिरहेको छ । आगलागीबाट भएको क्षति विवरण आउन बाँकि छ ।