एक केजी अवैध लागूऔषध सहित पक्राउ

काठमाडौँ । मकवानपुरमा १ केजी ४ सय ग्राम अवैध लागूऔषध गाँजा सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बकैया गाउँपालिका ५ कर्मचुली बस्ने राक्सीराङ गाउँपालिका १ घर भएकी ३५ वर्षीया फुलमाया भुलुन रहेकी छन् ।

उनीलाई बिशेष सूचनाको आधारमा प्रहरी चौकी हात्तिसुडेबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी शनिबार दिउँसो पक्राउ गरेको हो ।