७ ग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित २ जना पक्राउ

काठमाडौँ । बाँकेको नेपालगंज उपमहानगरपालिका १५ जमुनाहबाट करिब ७ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दाङ लमही नगरपालिका ५ बस्ने सोनु श्रेष्ठ र २० वर्षीय बिशाल कुँवर रहेका छन् ।

भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई ईलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको संयुक्त टोलीले उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको प्रहरी कार्यालयले जानकारी गराएको छ ।

त्यसैगरी सोही ठाउँबाट करिब १७ ग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित भारतबाट नेपालतर्फ आउँदै गरेका दाङ लमही नगरपालिका ५ बस्ने २१ वर्षीय दिवस डाँगी समेत ३ जनालाई पनि शनिबार राति सोही प्रहरी टोलीले पक्राउ गरेको जानकारी दिइएको छ ।