बसको ठक्करबाट एक अटो चालकको मृत्यु

काठमाडौँ । पूर्व, पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका १५ स्थित सडकखण्डमा यात्रुबाहक बसको ठक्करबाट एक अटो चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बाराको रतनपुर घर भएका २६ वर्षीय मिलन सुनार रहेका छन् ।

आज बिहान २ बजे हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख ०२४२ नं को बसले विपरीत दिशाबाट आउँदै गरेको ना २ अ ६४ नं को अटोलाई ठक्कर दिँदा सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिइएको छ ।

ठक्करबाट सख्त घाइते भएका सुनारको हेटौँडाको चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उक्त अटोमा सवार हेटौँडा–१२ का ३५ वर्षीय सुवास सुनार घाइतेभएको र उनको उपचार भइरहेको छ । अटोलाई ठक्कर दिने बस चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिइएको छ ।